प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बिहीबार दिउँसो ३ बजे बस्नेगरी प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।

विशेष गरी भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।