प्रभु बैँक र होटल हिमालयबीच विषेश छुट सम्झौता
काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथाग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमाहोटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बैँकले जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिकएवं धार्मिक महत्वबोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमनहुने गरेको पाइन्छ ।
यसै गरी आन्तरिक तथा वाह्यपर्यटकका लागी लक्षितगरी चारतारे होटल हिमालय विगत ३७वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरु बीचनिकै रुचाईएको यस होटलमा Sauna,Steam, swimming pool,fitness center लगायतको सुविधा रहेको छ ।गा्रहकहरुको सेवाको लागी सोही परिसरमा दुई वटा रेष्टुरेन्ट रहेको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
थर्ड पोल 