पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै रारा पर्यटकस्य पूर्वाधार निर्माणले गति लिँदै

 पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै रारा पर्यटकस्य पूर्वाधार निर्माणले गति लिँदै

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा निर्माण हुन लागेको रारा पर्यटकीय पुर्वाधार निर्माणले गति लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै निर्माण हुन लागेको रारा साइकल मार्गले गति लिन लागेको हो । 

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै रारा पर्यटकस्य पूर्वाधार निर्माणले गति लिँदै गरेको छ ।  रारा ताल वरिपरि १४.२ किलो मिटर क्षेत्रमा रारा साइकल निर्माणले गति लिइरहेको हो । 

खानी थोदुङ क्याराभान जेभिका प्रोपाईटर चन्द्र थकालीले ठेक्का लिएको उक्त रारा पर्यटकीय पूर्वाधार निर्माणले पछिल्लो समय काममा रुप लिई रहेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ । 

४५ करोड २९ लाख १० हजारको सम्झौता रकममा निर्माण हुन लागेको साइकल मार्ग वर्तमान अवस्थामा करिब १ हजार ५०० मिटरभन्दा बढि ड्राई स्टोन सोलिङ राख्ने निर्माण कार्य भइरहेको डिभिजन वन कार्यालय मुगुका सहायक वन अधिकृत प्रनिल देवकोटाले बताए । 

उनका अनुसार गत २४ असारमा सम्झौता भई २५ असारमा  वन कार्यालयले कार्यआदेश दिई खानी थोदुङ क्याराभान जेभिले निर्माण कार्य थालनी गरेको हो । बहुवर्षीय योजना रहेको उक्त रारा पर्यटकीय पूर्वाधार निर्माणको २०८३ असार मसान्तसम्म रारा ताल वरिपरि साइकल मार्ग निर्माण कार्यलाई सम्पन गरिसक्नुपर्ने सम्झौतामा भनिएको छ । 

हाल निर्माण कार्य गर्न चालु आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ करोड र संघ सरकारले ७ करोड गरि वर्तमान समयमा १४ करोडमा निर्माण कार्य भइरहेको सहायक वन अधिकृत देवकोटाले बताए ।         

रारा साइकल मार्ग निर्माणको लागि गत आर्थिक बर्ष ०७७– ७८ मा तीन करोड विनियोजन भएको थियो । अहिले २००भन्दा बढि कामदारलाई काममा खटाएर निर्माण कार्यलाई गति प्रदान गरिएको खानी थोदुङ क्याराभान जेभिका प्रोपाईटर चन्द्र थकालीले बताए ।