पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध

पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध

काठमाडौं । पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो।सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन्।

स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताएका छन्। सडक अवरुद्ध भए लगत्तै राती नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकोले राति सम्भव नभएको उनको भनाइ छ।