प्रचण्ड अस्तित्वको भिख माग्दै बालकोट र बूढानीलकण्ठ धाइरहेका छन्ः धनराज गुरूङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आफ्नो स्पष्ट अडान र राजनीतिक मार्गमा हिँड्न आग्रह गरेका छन्।
सोमबार पूर्वसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा माइतीघरमा बोल्दै उनले सो कुरा बताएका हुन्।
जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा माइतीघरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले जोखिमले माओवादीलाई जगलबाट डोहोर्याएर शान्तिपूर्ण बाटोमा ल्याएको बताए। तर प्रचण्ड अहिले कचौरा लिएर कहिले बालकोट त कहिले बुढानिलकण्ठ पुगेर अस्तित्वको भिख माग्ने गरेको टिप्पणी गरे।
