बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध, रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान

बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध, रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान


काठमाडौं । संसदको प्रमुखप्रतिपक्षी दल नेपालीकांग्रेस सहकारीको रकम अवैध चलन गरेको विषयमा संसदीय छानविन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको सुरुआत नै हुनसकेको छैन । 

आजदेखि संसदको नियमित बजेट अधिवेशन सुरु हुने कार्यक्रम तय भएको थियो । तर प्रमुखप्रतिपक्षको माग पूरा हुननसक्दा वैठक नै बस्न सकेको छैन ।
सभामुख देवराज घिमिरेले दलका नेता र प्रमुख सचेतकहरुसँग वैठक सुरु हुनेगरी वातावरण बनाउनप्रयाश गरिरहेका छन् ।

 संसदको वैठक व्यवस्थापन गर्न बस्नुपर्ने कार्यव्यवस्था समितिको वैठक समेत बस्न नसकेपछि अधिवेशनको थालनी नै अवरुध्दहुनपुगेको छ ।आजबिहान बसेको संसदीयदलको बैठकले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिएपछि अन्य नेताहरुलाई बोल्न नदिइ संसद अवरोध गर्ने निर्णय गरेको थियो ।

अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुलाई मात्रबोल्न दिने र अन्यकुनै व्यवस्थापनसम्बन्धिकार्यसूची नराख्नेबारे दलकाप्रमुख सचेतकसँगको छलफलमा सहमति बने पनिकांग्रेस अडानबाट पछि हटेको  छैन ।

गृहमन्त्रीको जवाफ सुन्ने र लगत्तै संसदीय छानविन समितिमाग गरेर अवरोध गर्ने नीतिकांग्रेसको छ ।संसदीयदलको बैठकबाट बाहिरिँदै गर्दा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरण गृहमन्त्री रवि लामिछाने संलग्न रहेको पुष्टि हुने आधारहरु प्राप्त गरेको दाबीगरेका थिए । आजको प्रतिनिधि सभा बैठकमा प्रमाण पेस गर्ने कांग्रेसको योजना छ ।