बर्दिया प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ

1.

बर्दिया प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउपछि सार्वजनिक गरेको छ।   

जिल्लाका निमित्त प्रहरी प्रवक्ता कृष्ण डाँगीका अनुसार उनीहरूको साथबाट २४ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। इलाका प्रहरी कार्यालय मैनापोखराबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–६ स्थित हुलाकी सडक खण्डमा सोमबार आकस्मिक रूपमा सार्वजनिक सवारी साधन चेक गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएपछि नियन्त्रणमामा लिएको थियो। 
,
प्रहरीले भे १ ख ४२२७ नम्बरको फोर्स गाडीमा सवार उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो।