बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउनुपर्छ : सहमहामन्त्री आङ्देम्बे

बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउनुपर्छ : सहमहामन्त्री आङ्देम्बे


 काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाको स्वतन्त्र नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौंका स्वतन्त्र नगर प्रमुख बालेन साह चर्चामा रहेको बताए । क्रियटिभ अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो ।

‘अब त्यो अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेर बालेन जी जस्तो क्रियटिभ साथीलाई पनि पार्टी विहीन बस्न नदिने, अब उहाँलाई पनि कांग्रेसमै ल्याउने वातावरण पनि यहि नेपाली कांग्रेसले गर्नुपर्छ । यसको लागि पनि क्षेत्र नं. तीनबाट तपाइँहरुले सुरु गर्नुहोस् ।’

तर, उनले आफ्नो पार्टीले काठमाडौं र देश विकासको लागि नेतृत्व गर्दै अरबौंको भौतिक संसचना निर्माण गरेपनि त्यसको प्रचार नगरेको दाबी गरे ।सहमहामन्त्री आङदेम्बेले महानगर सुन्दर बनाउने अभियान अन्र्तगत बालेन साहको नेतृत्वमा विजुलीवजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनुपर्ने बताए ।