भारतका उत्तरपूर्वी राज्यहरूमा आएको बाढीको प्रकोप, ३४ जनाको मृत्यु 

 भारतका उत्तरपूर्वी राज्यहरूमा आएको बाढीको प्रकोप, ३४ जनाको मृत्यु 

काठमाडौ । भारतका उत्तरपूर्वी राज्यहरूमा आएको बाढीको प्रकोप जारी छ। बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ। बाढीले सिक्किममा हजारौं पर्यटक फसेका छन् भने मेघालयमा पनि बाढीले करिब ५०० जना फसेको रिपोर्ट छ। यहाँ मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न भारतीय सेनाको उद्धार टोली खटिएको छ।

बाढीमा फसेका मानिसहरूको उद्धारका लागि विभिन्न सरकारी निकायहरू परिचालन भएका छन्। विशेषगरी मणिपुरमा राज्य विपद् प्रतिक्रिया बल ९एसडीआरएफ०, राष्ट्रिय विपद् प्रतिक्रिया बल ९एनडीआरएफ०, मणिपुर अग्निशमन सेवा र आसाम राइफल्सले उद्धार कार्य गरिरहेका छन्।