भाष्कर भण्डारीको ठगी धन्दा
काठमाडौं, ३२ साउन । गुल्मी जिल्ला घर भएका र आफुलाई कांग्रेस नेता चन्द्र भण्डारीको भतिज बताउने भाष्कर भण्डारीले बिभिन्न महिलाहरुलाई ठग्दै हिडेको घटना बाहिरिएको छ ।
श्रीमान बिदेश रहेकी गोकर्ण निवासी तिलु मगरलाई उनको श्रीमान भएको देश बेलायत पठाइदिन्छु भनी सात लाख रुपैया ठगेर भाष्कर भण्डारी अहिले फरार छन ।
निजले अरु महिलालाई पनि बिभिन्न बहानामा ठग्दै आएको कुरा समेत छ । निजले पैसा फिर्ता गर्छु भनेर एक पल्ट तिलु मगर लाई हस्ताक्षर नमिलेको चेक समेत दिएका थिए ।
थर्ड पोल 