मिटरब्याजी प्रकरणमा नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता छ :  पदम गिरी

मिटरब्याजी प्रकरणमा नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता छ :  पदम गिरी

काठमाडौ, १७ असार । मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठुला नेताहरू भएको दाबी गरेका छन् ।

प्रमुख सचेतक गिरीले उक्त प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेका पनि उल्लेख गरेका छन् । उनले मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने जिकिर गरेका छन् ।