मेयरलाई ‘बाइपास’ गर्दै बसेको बैठकमा उपप्रमुख डंगोलले गरिन् मेयर बालेन शाहको चर्को आलोचना

मेयरलाई ‘बाइपास’ गर्दै बसेको बैठकमा उपप्रमुख डंगोलले गरिन् मेयर बालेन शाहको चर्को आलोचना

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ फर्केपछि महानगरको बैठक बसेको छ ।

महानगर प्रमुख बालेन शाहलाई ‘बाइपास’ गर्दै उपप्रमुख सुनीता डङ्गोल, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखहरुको बैठक बसेको हो ।

छलफलमा वडाध्यक्षहरू पनि सहभागी छन्। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएका छैनन्।

गुरागाईंलाई रोक्न भनी मेयर शाहले बिहानैदेखि कार्यालय परिसरमा नगर प्रहरी परिचालन गरेका थिए। तर कर्मचारीहरूको समूहले प्रहरीको अवरोध पन्छाउँदै गुरागाईंलाई ३ महिना १४ दिनपछि कार्यालय छिराएका छन्।

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर शाहको चर्को आलोचना गरिन्।

उनले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी समेत दिइन् ।

उनले भनिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन।’