मस्कोमा आतंकबादी हमला, मृत्यु हुनेको संख्या ६० पुग्यो
काठमाडौं । मस्कोमा भइरहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेको संख्या ६० पुगेको छ।संघीय सुरक्षा सेवाका अनुसार क्रोकस सिटी हलमा अन्य १०० भन्दा बढी घाइते भएका छन्। उनीहरूको नजिकको अस्पतालमा उपचार भइरहेको छ । सो घटनाको जिम्मेवारी मुस्लिम आतंकबादी समुह इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । तर, रुसले भने यसमा अझै कुनै टिप्पणी गरेको छैन् ।
आतंकबादी हमला पछि कन्सर्ट भइरहेको सो कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रुसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको अझै पनि खोजी गरिरहेका छन् ।ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिन काम गरिरहेको र युक्रेनले आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको बताएको छ।
थर्ड पोल 