महाबिरलाई मानश्री र डा. सन्दुकलाई बसुन्धराश्री पुरस्कार प्रदान गरिने
रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डा. सन्दुक रुइतले यस वर्षको बसुन्धराश्री पुरस्कार पाउने भएका छन्
बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यस वर्ष नेपाली समाजलाई स्वस्थ्य, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गर्ने डा.रुइतलाई बसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उनि तिलगंगा आँखा केन्द्रका निर्देशक समेत हुन।
यस्तै बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारि गर्दै नेपाली वैज्ञानिक शिक्षक एवं राष्ट्रिय आविष्कारक महावीर पुनलाई मानश्री पुरस्कार प्रदान गरिने जानकारी गराएको हो।
उक्त जारी विज्ञप्ति अनुसार दुवै पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको र यी पुरस्कार असोज दोस्रो साता प्रदान गरिने छ।
२३ वर्षअघि स्थापित प्रतिष्ठानले मान प्रज्ञा प्रतिष्ठानले विसं २०६६ देखि २०७३ सम्मको बसुन्धराश्री र मानश्री पुरस्कार तथा सम्मान गर्दै आएको छ । यसअघि यी पुरस्कार बर्माका नेपाली भाषाविद् ठाकुरप्रसाद गुरागाईं र कलाकार थानबहादुर रावललाई प्रदान गरिएको थियो ।
थर्ड पोल 