राजीनामा दिने तयारीमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी

राजीनामा दिने तयारीमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् । त्रिविका उपकुलपति प्राडा दीपक अर्यालका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि राजीनामाको तयारी भएको हो । ‘हामी सल्लाह गर्दै छौँ । निर्णय गरिसकेका छैनौँ,’ उनले रातोपाटीसँग भने  ।  

त्रिवि स्रोतका अनुसार  उपकुलपति अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन् ।