रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियुको चुनाव यहि चैत ३० गते हुँदै
1.
रत्न राज्यलक्ष्मी क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मिति तोकेको छ। क्याम्पसले निर्वाचनको कार्य तालिका सार्वजनिक गर्दै आउँदो यहि चैतको ३० गते निर्वाचनको समय तोकेको हो।
निर्वाचन विहान ८ बजेदेखि ४ बजेसम्म समय रहेको निर्वाचन अधिकृत प्रमिला बिडारीले बताइन्। उनको अनुसार बिहिबार बसेको निर्वाचन समितिको बैठकले स्वावियुको निर्वाचनको लागि उक्त निर्णय लिएको हो।
उक्त कार्यतालिका अनुसार आज र भोलि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। यसअघि चैत ५ गते स्ववियु निर्वाचन सम्पन्न भएको थियो। जसमा केहि क्याम्पस मध्ये रत्नराज्य क्यामप्समा विवादका कारण निर्वाचन हुन बाँकी रहेको थियो।
थर्ड पोल 