राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै


काठमाडौं ।  राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ । संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

 संसद सचिवालयका अनुसार बिहान ११ः०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ ।संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

 दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।प्रतिपक्षबाटराष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा)  रहेका छन्।