लुभुमा 'अन टेस्ट' माइक्रो अनियन्त्रित भएर ठोक्कियो घरको गेटमा

लुभुमा 'अन टेस्ट' माइक्रो अनियन्त्रित भएर ठोक्कियो घरको गेटमा

ललितपुरको लुभुमा माइक्रो दुर्घटना हुँदा ४ जना घाइते भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेटसमेत नलिएको‘अन टेस्ट’ माइक्रो दुर्घटना भएको हो।

माइक्रो अनियन्त्रित भएर घरको गेटमा ठोक्किएको थियो। त्यसपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो।

कारमा सामान्य क्षति पुगेको पनि प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएको छ।

घाइतेहरूमा माइक्रोका चालक ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका २६ वर्षीय अखिल राजथला र महालक्ष्मी नगरपालिका-७ चागाथलीका २५ वर्षीय आशिष महर्जन गम्भीर छन्

राजथलाको किस्ट अस्पताल र महर्जनको बि एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।