फोहोरको थुप्रोमाथि नवजात शिशुको शव भेटियो
धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।
आज विहान रातो पछ्यौराले छोपिएको अवस्थामा नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। प्रहरीले मृतक बालिका रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
