संखुवासभामा पहिरोका कारण घर भत्कियो

संखुवासभामा पहिरोका कारण घर भत्कियो

संखुवासभा जिल्लाको मकालु गाउँपालिका–२ मा लगातारको वर्षापछि पहिरो खस्दा एक घर पूर्ण रूपमा क्षति भएको छ। मंगलबारको अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले फुनुर्बु शेर्पाको दुईतले ढुंगा, माटो र काठले बनेको घर भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिएका छन्।

प्रहरीका अनुसार मानवीय वा पशुचौपायमा भने कुनै क्षति भएको छैन। हाल पीडित सेदुवास्थित आफन्तको घरमा आश्रय लिइरहेका छन्।

यसअघि केही दिनअघि परेको वर्षाले भोटखोला गाउँपालिका–३ मा रहेका दुई वटा हाइड्रोपावर बगाउँदा करिब २५० घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

मकालु र आसपासका माथिल्ला क्षेत्रहरूमा हाल पनि लगातार वर्षा भइरहेको छ।