सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १९औं वार्षिक वार्षिकोत्सव
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९–८०को लाभांश अनुमोदन गरेको छ। काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांंक्वेटमा आज सम्पन्न बैंकको साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ रुपैयाँको कुल ५.०२६३ प्रतिशत लाभांश पारित गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ। बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३० एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
थर्ड पोल 