साथीले पेट्रोल छर्केर आगो लगाएका ४९ वर्षीय चौधरीको उपचारका क्रममा मृ*त्यु

साथीले पेट्रोल छर्केर आगो लगाएका ४९ वर्षीय चौधरीको उपचारका क्रममा मृ*त्यु

दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

राजपुर गाउँपालिका-२ खालगैरास्थित मटेरियाका ४९ वर्षीय रूपलाल चौधरीमाथि उनकै साथी सोही ठाउँ बस्ने ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।
चौधरीमाथि आगो लगाएपछि त्रिलोकसिंह भने फरार भएका थिए ।

प्रहरीका अनुसार उनीहरू दुवै जना साथी रहेछन् । सँगै बसेर मदिरा सेवन गरेका रहेछन् । मदिरा सेवनपछि एक अर्काबीच भनाभन भएको रहेछ । सो क्रममा आफ्नो बाइकमा हाल्नका लागि बोतलमा भरेर ल्याइएको पेट्रोल त्रिलोकसिंहले चौधरीमाथि खनाएर आगो लगाएपछि फरार भएका रहेछन् ।