सुनको मूल्य आज ७ सयले घट्यो
1.
आज सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाल सुन तोलामा ७ सयले घटेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन आज १ लाख ८ हजार ८ सय रूपैयाँ कारोबार भइरहेको छ।
चाँदी प्रतितोला १० रूपैयाँ १ हजार ४ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
थर्ड पोल 