सन्तोष परियारले भने– हाम्रो बाटो अप्ठ्यारो छ, तर अब सिकारीको इतिहास लेखिने छ
रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफूहरु हिँड्न थालेको बाटो सहज नभएको बताएका छन् । यो थाहा हुँदाहुँदै सधैं सजिलो बाटो हिँड्न छुट नभएको बताएका छन् ।
आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोाषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताए ।
‘अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ, यही सघर्ष गर्ने क्रममा आज हामी वृहत एकता घोषणा सभा गर्दैछौं,’ प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुन सबैलाई आह्वान गर्दै परियारले भने, ‘यदि आज पनि यो समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन । यसर्थ एउटा संघर्ष गरौं । यो सजिलो बाटो त होइन । तर हामी सधैं सजिलो बाटो हिँड्न पनि पाउँदैनौं ।’



थर्ड पोल 