सिन्धुलीमा चट्याङ लागेर ३ जना घाइते 

सिन्धुलीमा चट्याङ लागेर ३ जना घाइते 

सिन्धुलीमा चट्याङ लागेर ३ जना घाइते भएका छन् ।  गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ लाग्दा ३ जना घाइते भएका हुन्।  

घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल रहेकी छन्।  ३ जना मध्ये दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अरु दुई जना उपचार पछि घर फर्केको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।  

यस्तै घर बाहिर राखिएको बिजुलीको मिटर बक्स राखिएकोले चट्याङ्ग परेको समेत प्रहरीले जनाएको छ।