संसदमा रोकिएन दुई दलको आन्दोलन, बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठनको माग
काठमाडौं । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेपनि रास्वपा र राप्रपाको आन्दोलन र संसद् बहिस्कार रोकिएन । दुवै दलले समितिलाई अस्वीकारको घोषणा गर्दै आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।
रास्वपा र राप्रपा दुवै पार्टीका नेताहरूले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको पुर्वमुख्यसचि शंकरदास वैरागी नेतृत्वको सात सदस्यीय समितिले निष्पक्ष, स्वतन्त्र छानबिन गर्न नसक्ने र पीडितहरूले न्याय पाउन नसक्ने बताए ।
रास्वपाले बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन हुनुपर्ने माग गरेको छ । रास्वपाले ‘उच्चस्तरीय संसदीय छानबिन समिति एवम् जाँचबुझ छानबिन आयोग ऐन २०२६’ अन्तर्गत आयोग गठन हुनुपर्ने माग गरेको हो । रास्वपाले उक्त छानबिन आयोग गठन नभएसम्म संसदको अवरोध जारी राख्ने घोषणा समेत गरेको छ ।



थर्ड पोल 