ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।
यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
