हराउन थाले दसैँका परम्परागत पिङ

हराउन थाले दसैँका परम्परागत पिङ

। नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ। आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ।

मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ। रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरू होस्, यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्मघर फर्किरहेका छन्।चार वर्षअघि रोजगारीको सिलसिलामा भारतको ब्याङ्गलोर बसेर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले वर्षौंवर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुने भए पनि चाडपर्वसँगै जोडिएका परम्परा र संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्यको जगेर्ना नहुँदा पहिलेभन्दा यो दसैँ खल्लो लागेको बताए।