विमानस्थलमै विमान दुर्घटना, यस्तो छ ताजा अवस्था

विमानस्थलमै विमान दुर्घटना, यस्तो छ ताजा अवस्था

काठमाडौं ।  भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त जहाजको भागहरूबाट धुवाँ निस्किरहेको दृश्य देखिएको भन्दै इन्डिया टुडेले लेखेको छ–दुर्घटना उडान भर्ने क्रममा भएको थियो । विमान एयर इन्डियाको भएको बताइए पनि यसबारेमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भइनसकेको इन्डिया टुडेले लेखेको छ ।