विमान दुर्घटना अपडेटः गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार
काठमाडौं । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । गुजरात प्रान्तको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको हो। यो दुर्घटना बिहीबार दिउँसो १ देखि २ बजेबीचको समयमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन्। उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन्।
गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन्। केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ। भारतीय सञ्चारमाध्यम न्यूज २४ अनलाइनका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ।
थर्ड पोल 