भिजिट भिसा प्रकरणः कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन : गृहमन्त्री

भिजिट भिसा प्रकरणः कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन : गृहमन्त्री


काठमाडौैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा सेटिङ प्रकरणमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् । आज बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव)  तिर्थराज भट्टराईलाई बदमासी गरेको थाहा पाएरै हटाएको बताएका हुन् । 

भिजिट भिसामा सेटिङ प्रकरणमा के भएको हो भनेर नेताहरूले कुरा उठाएपछि बैठकमा लेखकले भनेका थिए, ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन ।’