आजदेखि सुरु हुँदै कोशी प्रदेशसभाको बजेट अधिवेशन, यस्ता छन् प्राथमिकता 

 आजदेखि सुरु हुँदै कोशी प्रदेशसभाको बजेट अधिवेशन, यस्ता छन् प्राथमिकता 

काठमाडौ । कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ । प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् । 

बजेट अधिवेशन समेत भनिने यो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामा प्रस्तुत गरिनेछ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्ना धारणा राख्नेछन् । बैठकमा प्रदेश सरकारले ल्याएको ‘प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ पनि टेबुल गरिने तयारी छ । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ ।