पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरण, फाइल अख्तियार पठाउने लेखा समितिको निर्णय
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने संसद्को सार्वजनिक लेखा समितिले निर्णय गरेको छ ।
बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी तिनलाई अख्तियारमा पठाउने निर्णय गरेको हो । गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।
थर्ड पोल 