नक्कली नोट प्रकरणः जेलबाट छुटेलगत्तै सिआइबीले समातेपछि युनुस अन्सारीले दिए बन्दी प्रत्यक्षीकरणको रिट

नक्कली नोट प्रकरणः जेलबाट छुटेलगत्तै सिआइबीले समातेपछि युनुस अन्सारीले दिए बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नियन्त्रणमा रहेका युनुस अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्‍यक्षीकरणको रिट दायर गरेका छन्। नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी जेठ १० गते नख्खु कारागार कार्यालयबाट छुटेका थिए। तर लगत्तै सिआइबीले थप अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो। उनीमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ।

यसबीच शुक्रबार अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। आइतबार न्यायाधीश दुर्गाप्रसाई ढुंगेलको इजलासमा सुनुवाइ हुँदैछ।

२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। कतारबाट तीन जना पाकिस्तानी नागरिकलाई लिन जाँदा अन्सारी पक्राउ परेका थिए।त्यसअघि पनि युनुस नक्कली नोट प्रकरणमै समातिएका थिए। त्यतिबेला उनीमाथि कारागारभित्रै गोली प्रहार भएको थियो। तर उनी घाइते मात्रै भएका थिए।