अबको निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झार्नुपर्छः ओली

अबको निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झार्नुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको र माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने दाबी गरेका छन् । गत निर्वाचनमा २३ सिटमा झरेको बुढो कांग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झारिदिने जिकिर पनि ओलीले गरे ।  

अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि निर्देशन दिए।

सत्तारुढ गठबन्धन केही नभएको दाबी गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक र निदहराम बनाउनुपर्ने बताए। अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले बताए।