अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन् : अर्थमन्त्री महत

अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन् : अर्थमन्त्री महत


काठमाडौं । अर्थतन्त्र सुधारोन्मुख भएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन्। अर्थमन्त्री महतले आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।

उनले भने “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए ।

अर्थमन्त्रीले भने, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे ।