अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै गएको छ : प्रकाशमान सिंह

अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै गएको छ : प्रकाशमान सिंह

काठमाडौं, ९ असार । पछिल्ला दिनमा काम गर्नेको भन्दा पनि हल्ला गर्नेहरुको माहोल बन्दै गएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाई छ । आज नागार्जुन नगरपालिकाको नगर सभा उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । नेता सिंहले अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै जानूले समाज कता जाँदैछ भनेर सोच्नुपर्ने विषय भएको छ, नेता सिंहले भने।

नेता सिंहले एकाथरिले देशमा केही भएन भनेर गलत स्थापित गर्ने खोजिएको भन्दै जति हुनुपर्ने त्यति नभए पनि भएका उपलब्धिको अवमुल्यन गरिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । अहिले आएका असन्तुष्टिप्रति जन प्रतिनिधिहरु गर्ने गतिविधिमा निर्भर भएकाले जनप्रतिनिधिहरु अझै जिम्मेवार बन्नुपर्ने उनको भनाई छ ।