आइफोन मोबाइलमा जासुसी भइरहेको एप्पलद्वारा अलर्टको चेतावनी

आइफोन मोबाइलमा जासुसी भइरहेको एप्पलद्वारा अलर्टको चेतावनी


काठमाडौं ।एप्पलले आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथी जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।