आईपीओ जारी गर्ने तयारीमा स्टार माइक्रो इन्स्योरेन्स
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन २७ गते प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ ।
आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै चालू आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।
थर्ड पोल 