आज १३ अंकले घट्यो सेयर बजार 

आज १३ अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८२५ अंकमा झरेको छ । कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन विन्दु आजका लागि अधिकतम रह्यो ।

अघिल्लो कारोबार दिन नेप्से ५ अंक बढेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशत बढेको छ । योबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७० प्रतिशत घटे ।हाइड्रोपावर ०.२३, लगानी ०.८४ जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशत घटे ।
घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था आजदेखि लागु भएसँगै यी ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको हो ।

१५ प्रतिशत मूल्य बढेका कम्पनीमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै झापा इनर्जीको मूल्य ११.८८, रिजलाइन इनर्जीको १०.९९ तथा सुपर खुदी हाइड्रोपावरको मूल्य ५.३५ प्रतिशत मूल्य बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ५.३५ तथा एसियन हाइड्रोपावरको ४.५० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।