आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो गोलभेडा र भटमास

आजको तरकारी तथा फलफूलको बजार मूल्य, महँगियो गोलभेडा र भटमास


काठमाडौं । आज काठमाडौँमा स्थानीय काउली, बोडीको भाउ घट्दा अन्य केही तरकारीहरूको भाउ भने बढेको छ । शुक्रबार प्रतिकेजी ७५ रुपैयाँ रहेको स्थानीय काउलीको भाउ आज घटेर ६५ रुपैयाँमा झरेको छ भने मकै बोडी ११० रुपैयाँ रहेकोमा घटेर ९५ रुपैयाँमा झरेको छ । 

यता, टनेल गोलभेडाको भाउ भने बढेको छ । यसअघि प्रतिकेजी ४८ रुपैयाँ रहेको टनेल गोलभेडालाई आज ५१ रुपैयाँ पर्नेछ भने भटमासकोशा प्रतिकेजी २४ रुपैयाँले महँगिएको छ । शुक्रबार प्रतिकेजी ८६ रुपैयाा रहेको भटमासकोशालाई आज ११० रुपैयाँ पर्नेछ । 

आज रातो आलु प्रतिकेजी ६२ रुपैयाँ ६० पैसा पुगेको छ भने सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ६६ रुपैयाँ, लोकल बन्दा २४ रुपैयाँ, लाम्चो भन्टा ३६ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ७६ रुपैयाँ र लौका ४५ रुपैयाँ पर्नेछ ।