आजको फलफूल तथा तरकारीको बजार मूल्य

 आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरीलो र कन्य च्याउको भाउ घटेको छ । यसअघि प्रतिकेजी ३५० रुपैयाँ रहेको कुरीलोको भाउ २५ रुपैयाँले घटेर ३२५ रुपैयाँ कायम भएको छ ।

कुरीलोको भाउ घट्दा केही तरकारीको भाउ भने महँगिएको छ । आज सुकेको प्याजको भाउ सामान्य बढेर ६८ रुपैयाँ पुगेको छ भने भटमासकोशा प्रतिकेजी २० रुपैयाँले बढेर १६० रुपैयाँ पुगेको छ । 

त्यस्तै, तितो करेला प्रतिकेजी ६५ रुपैयाँ रहेकोमा आज बढेर ६६ रुपैयाँ पुगेको छ भने कन्य च्याउको भाउ भने घटेर १५० रुपैयाँबाट १३८ रुपैयाँमा झरेको छ । यता, डल्ले च्याउको भाउ भने बढेको छ । यसअघि प्रतिकेजी ३७६ रुपैयाँ ६७ पैसा रहेको डल्ले च्याउलाई आज ३८० रुपैयाँ पर्नेछ ।

यसैगरी, आज ठुलो नेपाली गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र भारतीय गोलभेडा ६५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ६० पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा लोकल गाजर ५८ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, ज्यापु काउली ६५ रुपैयाँ र ब्रोकाउली ११५ रुपैयाँ तोकिएको छ ।