आजको फलफूल तथा तरकारीको बजार मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज मङ्गलबार स्थानीय काउली र लौका प्रतिकेजी ५५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ र किवि ६२५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, ठुलो नेपाली गोलभेडा र सानो गोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ४६ रुपैयाँ ६० पैसा, सुकेको प्याज, परवर र मकै बोडी ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ९० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ र भटमासकोशा ११० रुपैयाँ तोकिएको छ ।
थर्ड पोल 