आजको फलफूल तथा तरकारीको बजार मुल्य, काउलीको भाउ बढ्दा सस्तियो आँप
काठमाडौं । आज काउलीको भाउ बढ्दा बोडीदेखि च्याउसम्मको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज काउलीको भाउ बढेको छ भने बोडीदेखि च्याउसम्मको भाउ घटेको हो ।यसअघि प्रतिकेजी ४६ रुपैयाँ तोकिएको स्थानीय काउलीको भाउ बढेर आज ६० रुपैयाँ पुगेको छ भने ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसाबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।
यता, तने बोडीको भाउ भने प्रतिकेजी ७५ रुपैयाँ रहेकोमा आज घटेर ४५ रुपैयाँमा झरेको छ । त्यस्तै, मकै बोडी प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ७५ रुपैयाँमा झरेको छ भने गुन्द्रुक प्रतिकेजी ३ सय रुपैयाँबाट २७६ रुपैयाँ ६७ पैसामा झरेको छ ।
त्यस्तै, ब्रोकाउली प्रतिकेजी ११३ रुपैयाँ ३३ पैसा रहेकोमा आज घटेर ९५ रुपैयाँ, दसहरी आँप ९५ रुपैयाँबाट घटेर ८५ रुपैयाँ, मालदह आँप ८६ रुपैयाँ ६७ पैसा रहेकोमा आज घटेर ७५ रुपैयाँमा झरेको छ ।
थर्ड पोल 