आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो गोलभेडा
काठमाडौं । आज काउलीको भाउ प्रतिकेजी ३० रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार बुधबार प्रतिकेजी ६५ रुपैयाँ रहेको काउलीको भाउ बढेर आज ९५ रुपैयाँ पुगेको हो । त्यस्तै, टनेलक गोलभेडाको भाउसमेत बृद्धि भएको छ । यसअघि प्रतिकेजी १६ रुपैयाँ रहेको टनेल गोलभेडालाई आज २९ रुपैयाँ ५० पैसा पर्नेछ ।
यता, तने बोडीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६४ रुपैयाँ रहेको तने बोडीलाई आज ५५ रुपैयाँ पर्नेछ । त्यस्तै, आज ठुलो गोलभेडा, मालदह आँप, दसहरी आँप, न्युरो, गान्टे मूला, हरियो खुर्सानी र भेडे खुर्सानी प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ६७ पैसा, रातो आलु ५७ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ४९ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ, सुकेको प्याज १०२ रुपैयाँ ३३ पैसा, लोकल गाजर, सखरखण्ड र डल्लो भन्टा प्रतिकेजी ६५ रुपैयाँ, लोकल बन्दा ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
यसैगरी, स्थानीय ज्यापु काउली १०५ रुपैयाँ, सेतो मूला (लोकल), लाम्चो भन्टा, रुख कटहर, तोरीको साग, रायोको साग र घिरौला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रीड), तितो करेला, परवर, झिगुनी, भिण्डी, स्कुस, चुकुन्दर, रातो बन्दा र तरबुजा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।
थर्ड पोल 