आजको फलफूल तथा तरकारीको बजार मूल्य, लोकल गोलभेडा ४५ रुपैयाँ

आजको फलफूल तथा तरकारीको बजार मूल्य, लोकल गोलभेडा ४५ रुपैयाँ

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज भिण्डी, तितो करेला र घिरौला प्रतिकेजी ४६ रुपैयाँ तोकिएको छ भने ठुलो नेपाली गोलभेडा ७५ रुपैयाँ, सानो लोकल गोलभेडा ४५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ४० पैसा, सुकेको प्याज (भारतीय) ७७ रुपैयाँ ५० पैसा, लोकल गाजर ६० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, मटरकोशा र तने बोडी प्रतिकेजी १२५ रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लोकल घिउ सिमी १२६ रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, परवर ९६ रुपैयाँ, सखरखण्ड, चिचिण्डो र झिगूनी ७५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, चमसूर, पालूगो र मेथीको साग १३६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो १४६ रुपैयाँ ६७ पैसा र ब्रोकाउली ११० रुपैयाँ पर्नेछ ।