आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो काउली
काठमाडौं । आज आलु, प्याजदेखि गोलभेडासम्मको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज सुकेको प्याजको भाउ बढेर प्रतिकेजी १०२ रुपैयाँ ६० पैसा पुगेको छ । यसअघि भने ९७ रुपैयाँ ६७ पैसा रहेको थियो ।
त्यस्तै, मुडेको रातो आलु प्रतिकेजी ४९ रुपैयाँ रहेकोमा आज बढेर ५१ रुपैयाँ ३३ पैसा पुगेको छ भने टनेल गोलभेडा १४ रुपैयाँ ७५ पैसाबाट बढेर १६ रुपैयाँ पुगेको छ । यता, स्थानीय काउलीको भाउ भने प्रतिकेजी १० रुपैयाँले घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको काउलीलाई आज ७५ रुपैयाँ पर्नेछ ।
थर्ड पोल 