आजको मौसम: देशका यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने

आजको मौसम: देशका यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। 

यस्तै देशका बाँकी  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ। साथै आज राति देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ। 

यस्तैगरि तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।