आठ महिनामा १२ लाख स्मार्टफोन नेपाल भित्रिए
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्ममा १२ लाख थान स्मार्टफोन आयात भएका छन् । साउनदेखि फागुनसम्ममा १९ अर्ब ३७ करोड ७७ लाख रूपैयाँभन्दा बढीका १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएका हुन ।
गत आवको पहिलो आठ महिनासम्म १६ अर्ब ६० करोड रूपैयाँ बराबरका १० लाख ९४ हजार ८८९ थान स्मार्टफोन भित्रिएका थिए ।
त्यस्तै फागुन महिनामा मात्रै नेपालमा करिब दुई अर्ब रूपैयाँ बराबरका एक लाख २२ हजार ७३४ थान फोन नेपाल आयात भएका छन् ।
विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी चीनबाट मोबाइल आयात भएका छन् । चीनबाट मात्रै फागुन मसान्तसम्म १३ अर्ब २९ करोड रूपैयाँ बराबरका नौ लाख १८ हजार २४ थान स्मार्टफोन भित्रिएका छन् ।
त्यस्तै दोस्रोमा भारतबाट पाँच अर्ब ७४ करोड ८० लाख रूपैयाँका तीन लाख २७ हजार मोबाइल आयात भएका छन् ।
थर्ड पोल 