इजरायल जाने ६६ नेपालीसँग सम्झौताको तयारी, सरकारले बोलायो सम्पर्कमा

इजरायल जाने ६६ नेपालीसँग सम्झौताको तयारी, सरकारले बोलायो सम्पर्कमा

इजरायलमा सहायक श्रमिक (केयर गिभर)को रुपमा जान छानिएका ६६ जना नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

इरानसँगको युद्धको त्रास कम भएसँगै इजरायलले ६६ जना नेपालीको सम्झौता पत्र पठाएपछि विभागले भिसा लगायत थप प्रक्रियाका लागि सम्पर्कमा बोलाएको हो ।

वैदेशिक रोजगाार विभागका अनुसार असार २० गते र २२ गते सम्पर्क मिति तोकिएको छ ।

क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारहरुलाई असार २० गते बिहान साढे १० बजे र ३४ देखि ६६ सम्मका उम्मेदवारहरुलाई असार २२ गते बिहान साढे १० बजे विभागको कार्यालय ताहचल काठमाडौंमा आउन भनिएको छ ।

सम्बन्धित उम्मेदवारहरुबाट सम्झौता गराई पीआईबीए, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाइने भएकाले सम्पर्कमा बोलाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।